
पूर्णपुष्टि, बैशाख १७ । उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेमा आगलागी भएको छ । आगलागीबाट ७ लाख बढीको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईले जानकारी दिए ।
डिएसपी चापागाईका अनुसार शनिबार होम बहादुर सिग्देलको जस्तापाताको छाना ,बासको टाटिबेरा र ढुङ्गा,सिमेण्टको गाह्रो भएको २ तल्ले मतान घरमा खोले पकाउनको लागि चुल्होमा आगो बाली छाडेकोमा चुल्होको आगो अचानक घरमा सल्की आगलागी भएको हो ।
आगलागीबाट सो मतान घर ,मतानघर भित्र रहेको चिरान काठ,पराल,बिधुतिय मिटरबक्स, प्लास्टिको पाइप, मतानघर छेउमा रहेको कुखुराको खोर र बाख्राको खोर जली नष्ट हुँदा अंन्दाजी ७ लाख १० हजार रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षती नभएको र स्थानीय, प्रहरी र दमकलको साथ–सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
