
पूर्णपुष्टि, साउन २
उदयपुरमा आजबाट गाउँपालिका व्लक जग्गाको लालपुर्जा वितरण सुरु भएको छ । करिब ६ बर्ष अघि नापी भएको जग्गाको लालपुर्जा आज वितरण सुरु गरिएको छ । नापी कार्यालय १ नं टोलीका अनुसार यो पटक ९४९ ओटा लालपुर्जा वितरण गरिने छ
। ७३ साल देखी सुरु गरिएको नापी पश्चात पटक पटक गरी झण्डै १५ सयको हाराहारीमा लालपुर्जा वितरण गरिसकेको कार्यालयले जनाएको छ । सोमवार देखी सुरु गरिएको लालपुर्जा वितरणको कार्य करिब २ हप्ता सम्म लाग्ने कर्यालयले जनाए । गाईघाट स्थित १३ नं वडा हवाईफिल्डमा रहेको नापी टोलीको कार्यालयबाट पुर्जा वितरण कार्य भैरहेको छ । आज त्रियुगाको ७ नं वडाका स्थानीयहरुलाई करिब ६० भन्दा बढी लालपुर्जा वितरण गरिएको नापी कार्यालय उदयपुरका प्रमुख लालवावु यादलले जानकारी दिनुभयो ।

यादवका अनुसार यसलाई चरणबद्ध रुपले कार्यालयमै व्यवस्थित तरिकाले वितरण गर्दै जाने बताउनुभयो । उक्त लालपुर्जा जोगिदह, देउरी, भुमरसुवा, गाईघाट लगायतका स्थानीयहरुलाई वितरण गरिने प्रमुख यादवले जनाउनुभयो । प्रक्रियागत रुपमा वनेको लालपुर्जा वितरण पश्चात अन्य जग्गाहरुलाई पनि प्रक्रियामा ल्याएर वितरण गरिने यादवले जनाउनुभयो । लालपुर्जा ७ नं वडाका ६८ बर्षिय मंगल दनुवार र ६६ बर्षिया श्याम वहादुर दनुवारलाई हस्तान्तरण गर्दै त्रियुगाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त उद्घाटन गर्नुभएको थियो ।
