
पूर्णपुष्टि, जेठ १ गते ।
उदयपुरमा गठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका ८ पालिका मध्ये ६ पालिकामा मतगणना हुदैँछ । मतगणना भएका ६ पालिका मध्ये लिम्चुङबुङमा गठबन्धनका मेजर राई अध्यक्ष र पुस्पताल राई उपाध्यक्षमा बिजय भईसकेका छन् ।
त्यस्तै, रौतामाई र उदयपुरगढीमा गठबन्धनका उम्मेदवारहरु फराकिलो मतान्तरले अगाडी देखिएको छन् । जिल्लाको ताप्लीमा र चौदण्डीगढीमा भने एमाले अगाडी रहेको छ । ताप्लीमा एमालेका अध्यक्ष पदका उम्मेदवार बाबुराम राई अगाडी देखिएका छन् । तर उपाध्यक्षमा भने धना मगर अगाडी देखिएकी छिन् । चौदण्डीगढीमा एमालेका प्रमुख कालुमान लामा र उपप्रमुख मनिकादेबी दुलाल दुवैले अग्रता लिएका छन् । जिल्लाका कटारी र त्रियुगामा भने मतगणना हुन सकेको छैन् । त्रियुगाको १२ नं. वडाको जनप्रेमी विद्यालयको मतदान स्थगित भएको छ भने कटारीवको १० नं. वडामा गोली चल्दा एक जनाको मृत्यु भएसँगै स्थानियले मतपेटीका उठाउन दिएका थिएनन् । तर आज सात बुदे सहमति भएसँगै मतपेटीका कटारी ल्याउने काम भइरहेको छ ।
