
पूर्णपुष्टि, बैशाख ८
उदयपुरमा आज बसेको गठबन्धनको बैठकले दुईओटा निर्णय तय गरेको छ । बैठकमा त्रियुगा नगरपालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएको छ भने ताप्ली गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी मैदानमा उत्रने निर्णय भएको छ ।
बैठकमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य राहुल यादवका अनुसार त्रियुगा नगरपालिकामा कांग्रेस मित्रवत सिंगल लडेपनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी बिच गठबन्धन हुने जनाएको छ । यता ताप्लीमा भने फेरी जनता समाजवादी पार्टी मित्रवत सबै पदमा सिंगल लड्ने निर्णय भएको जनाएको छ ।

ताप्लीमा जनता समाजवादी वाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले भने गठबन्धन गर्ने भएको सदस्य यादवले जानकारी दिए । आज बसेको बैठकले दुई पालिकाको मात्र निर्णय गरेको छ भने अन्य पालिकाको निर्णय हुा बाँकी रहेको जनाईएको छ ।
बिहिबार गाईघाटमा बसेको बैठकमा गठबन्धनबाट हिमाल कार्की, शुरेस कुमार राई, किरण राई, भिम चन्द्र राई, राहुल यादव, दिवस कटुवाल, खेम नारायण यादव, सिदान्त राई, खम्वु राज खत्री, भैरव श्रेष्ठ, रामणी पोखरेल सहितको उस्थिति थियो ।
