Friday, May 1News That Matters

उदयपुरमा विभिन्न मुद्धाका चार फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, साउन २२ । उदयपुरमा विभिन्न मुद्धाका ४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका–२ घर भई हाल वडा नं. ११ बस्ने ५६ बर्षीय धर्म उप्रेती, त्रियुगा नगरपालिका–२ घर भई हाल वडा नं. ११ बरुवाधार बस्ने २८ बर्षीय के. के. डन भन्‍ने किशोर मगर, त्रियुगा नगरपालिका–३ बस्ने मिन्टु मिश्र र त्रियुगा नंगरपालिका–२ बस्ने ३५ बर्षीया उर्मिला सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार उदयपुर जिल्ला अदालतले सार्वजनिक अपराध मुद्दामा धर्म उप्रेतीलाई रु. १,५००, किशोर मगरलाई रु. १,०००, कुटपिट मुद्दामा मिन्टु मिश्रलाई रु. ५०० र गाली बेइज्जती मुद्दामा उर्मिला सहनीलाई  रु. १२५ जरिवाना तोकिएको थियो। पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।