
पूर्णपुष्टि, साउन २१ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा डिजल सेवन गरेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ९३ वर्षीय अन्त नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरीहर नाथ योगीका अनुसार सोमबार साँझ साढेँ ७ बजेको समयमा आफ्नै घरमा बोतलमा राखेको डिजल अन्जानमा सेवन गरेका श्रेष्ठ घाइते भएपछि तुरुन्त नगर अस्पताल चौदण्डीगढी लगिएको थियो ।
सामान्य उपचारपछि थप उपचारका लागि उनलाई बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा स्थानान्तरण गरिएकोमा उनको उपचारको क्रममा साउन आज बिहान साढेँ ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
