Sunday, April 19News That Matters

उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

पूर्णपुष्टि, भदौ २४
उदयपुरमा आज (बिहिबार) थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज थपिएका दुवै संक्रमितहरु महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थपिएका दुवै संक्रमितहरु त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० र ११ का ७३ र ७९ वर्षीया महिलाहरु संक्रमित भएका हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४८४ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार थप ५ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ५४४ महिला र १ हजार ८१३ पुरुष गरी ३ हजार ३५७ जना रहेका छन् । जिल्लामा अब ४० महिला र ३५ पुरुष गरी जम्मा ७५ जना कोरोना मुक्त हुन बाँकी रहेका छन् । कोरोनाबाट उदयपुरमा अहिले सम्म १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।