Saturday, April 26News That Matters

उदयपुरमा दैनिक सडक दुर्घटना, पछिल्लो ८ दिनमा ५ जनाको मृत्यु

पूर्णपुष्टि, २ चैत्र ।
उदयपुरमा सडक दुर्घटनाले सिमा पार गरेको छ । गएको २२ गतेदेखी २९ गते सम्म भएको दैनिक सडक दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएको छ । उदयपुर भित्र पर्ने मदन भण्डारी सडक खण्डमा पछिल्ला दिनहरुमा दिन नविराई सडक दुर्घटना भैरहेको छ । फागुन २२ गते उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेट भित्रि सडकमा बुलेरोको ठक्करबाट एकै परिवारकी दुई दिदिवहिनीले ज्यान गुमाईन् । हिमशिखर पर्निचरका प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो अन्यन्त्रित भई घरमा बसिरहेको अवस्थामा दिदिवहीनीलाई ठक्कर दिएको थियो ।

उक्त घटना सेलाउन नपाउँदै २३ गते शुक्रबार मदन भण्डारी सडक खण्ड राजावासमा तत्काल अर्को दुर्घटना भयो । त्रियुगा नगरपालिका ९ राजावास मथाने टोल स्थित प्रदेश १–०५–००१ ह ०३१० न। को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोरङ लेटाङ नगरपालिका ७ का वाराङ्गी बस्ने २६ बर्षिय अजय लिम्वुको मृत्यु भयो ।

यसैगरी मदन भण्डारी राजमार्गमै तत्कालै फागुन २५ गते फेरी अर्को दुर्घटना भयो । जसमा एक महिलाले ज्यान गुमाईन । त्रियुगा नगरपालिका वडा नम्बर ८ राजाबास मदन भण्डारी सडक खण्ड स्थित आइतबार २ बजे मोटरसाईकलले ठक्कर दिदा सोही स्थानकी ६५ वर्षीया टिकामाया कार्कीले ज्यान गुमाएको हो । प्र १(०५(००१ प ८३५९ न। को मोटरसाइकलले बाटो काटिरहेकी कार्कीलाई ठक्कर दिएको थियो ।

यता फागुन २७ गते मंगलबार सोही मदन भण्डारी राजमार्ग स्थित होक्से नजिकै पुलमा स्कुटर दुर्घटना भयो । स्कुटर पुलबाट खोलामा खसे पनि मान्छे भने बाँच्न सफल भएको थियो । यस लगत्तै फागुन २९ गते बिहिबारका दिन अर्को दुर्घटना भयो । जसमा ३४ बर्षिय एक युवाले ज्यान गुमाए । मदन भण्डारी राजमार्ग सडकमै पर्ने त्रियुगा नगरपालिका ८ सरस्वती खोला पुलमै भएको दुर्घटनामा भाण्टावारी निवासी भुवन राईको ज्यान गएको हो । राति करिब ९ बजेको समयमा पुलमा रोकेर राखिएको ट्याक्टरमा ठोक्किदा राईको ज्यान गएको थियो भने सोही रातिको करिब २ बजेको समयमा ट्रक दुर्घटना भयो । चुहाडे देखी मुर्कुचि जाने साईड चुहाडे नजिकै सामान बोकेको माल बाहक ट्रक दुर्घटना भएको थियो । यहाँ भने मानवीय क्षती भने भएन ।