Thursday, May 28News That Matters

उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, १८ फागुन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न मुद्धाका २१ फारर प्रतिवादी पक्राउ गरेको छ । बिभिन्न मिति, समय र स्थानबाट फरार रहेका प्रतिवादीहरुलाई बिषेश सूचनाको आधारमा प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनको लागि अदालत पठाएको हो ।

यस्तो छ पक्राउ पर्नेहरुको बिवरण

१.जि.उदयपुर त्रियुगा न.पा.१२ बस्ने वर्ष ४१ को क्षेत्र ब. खत्री फैसला मिति
२०७७/१०÷१९ गते । मुद्धा चेक अनादर रु.१०००।–
२. ऐ.११ वस्ने वर्ष ३४ को मनोज कटुवाल फैसला मिति २०६४/०२/२१ गते ।
मुद्धा कुटपिट रु.२५०/–
३.ऐ.ऐ. बस्ने वर्ष ४४ को टंक ब. कटुवाल फैसला मिति २०७२/१२/१७ गते। मुद्धा
सार्वजानिक अपराध रु.१५००/–
४.ऐ.६ बस्ने वर्ष ४२ को सुरजु गियादेवि मलवार फैसला मिति २०६८/०३/२९
गते। मुद्धा कुटपिट रु.१२००/–
५.ऐ.९ बस्ने वर्ष ३६ की सर्मीला कार्की फैसला मिति २०६७/०९/२७ गते । मुद्धा
जालसाझी÷गाली बईज्जती रु.१७/–
६.ऐ.वस्ने वर्ष ४७ की कृष्ण कुमारी बस्नेत फैसला मिति २०६५/१०/०७ गते । मुद्धा
लुटपाट रु.५१/–
७.ऐ.११ बस्ने वर्ष २८ को निराजन खत्री फैसला मिति २०७३/०१/२० गते। मुद्धा
सार्वजनिक अपराध रु.१०००/–
८.ऐ.५ वस्ने वर्ष ५० को तारा भुजेल फैसला मिति २०६३/१२/०४ गते। मुद्धा
गाली बेईज्जती÷मुद्धा कुटपिट रु.७५/–
९.ऐ.११ वस्ने वर्ष २८ को रमेश रोक्का फैसला मिति २०७३/०१/२० गते। मुद्धा
सार्वजनिक अपराध रु. १०००/–

१०.ऐ.५ वस्ने वर्ष ४५ को सन्तोष कुमार साह फैसला मिति २०६६/१०/१५ गते।
मुद्धा जालसाझी रु.५ /–
११.ऐ.१२ वस्ने वर्ष ६८ को दाहुर साहु तेली फैसला मिति २०६४/०७/१३ गते।
मुद्धा गाली बेईज्जती रु.२५/–
१२.ऐ. ५ वस्ने वर्ष ३४ को सिता मगर फैसला मिति २०६५/०९/०४ गते। मुद्धा
कुटपिट रु.१२/–
१३.ऐ. ८ वस्ने वर्ष ६५ को टंक ब.राई फैसला मिति २०६८/०४/३२ गते । मुद्धा
कुटपिट रु.२८/–
१४.ऐ.११ वस्ने वर्ष ५७ को अम्वर ब. खत्री फैसला मिति २०६६/०५/०८ गते।
मुद्धा झुठ्ठा बकपत्र रु.१७/–
१५.ऐ.१२ वस्ने वर्ष ३९ की उमा कार्की फैसला मिति २०६५/११/०४ गते । मुद्धा
गाली बेईज्जती रु.५०/–
१६.ऐ. १२ वस्ने वर्ष ४४ की मान कुमारी कार्की फैसला मिति २०६५/११/०४
गते। मुद्धा बेईज्जती/कुटपिट रू.१०५/–
१७.ऐ. १२ वस्ने वर्ष २९ को सागर बि.क. फैसला मिति २०७३÷०३÷२१ गते। मुद्धा
सार्वजनिक अपराध रू.१०००/–
१८.जिल्ला उदयपुर कटारी न.पा. ८ वस्ने वर्ष ४२ की मोहन कुमारी कोईराला
फैसला मिति २०६४/०९/१३ गते। सम्बन्ध विच्छेद मुद्धामा रू.१२/–