Thursday, June 11News That Matters

उदयपुरमा मौन अबधिको उल्लंघन गर्दै परराष्ट्र मन्त्री नारायण खड्का काङ्ग्रेसलाई भोट माग्दैँ

पूर्णपुष्टि, वैशाख २८ गते ।
नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का ले मौन अबधिको उल्लंघन गर्दै उदयपुरमा खुलमखुल्ला भोट मागिरहेका छन । निर्बाचन आयोगले हिजो राती देखि मौन अबधी लागू गर्दै उम्मेदवारलाई भोट माग्न, चुनावी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । निर्बाचन आयोगको यो नियम पालना गर्नु सबैको दायित्व हो अझ सरकारको मन्त्रीको त झन बढी दायित्व हुन्छ । तर नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले मौन अबधिको धज्जी उडाउदौ नेपाली काङ्ग्रेसको पक्षमा भोट मागेका छन ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. नारायण खड्काले निर्बाचन आचारसंहिता तथा मौन अबधिको उल्लंघन गर्दै उदयपुरको जलजलेमा पुगि आज बिहान नेपाली काङ्ग्रेसलाई जिताउन भन्दै स्थानिय मुश्लिम बस्तीमा पुगि भोट मागेका छन् । उनी भोट माग्न आफुमात्र गएका थिएनन साथमा लगेका थिए त्रीयुगा नगरपालिका को मेयर पदका उम्मेदवार वसन्त बस्नेत र ६ न वडाका वडाध्यक्षका प्रत्यासी कृष्ण बुडाथोकिलाइ पनि ।

जलजले बस्ने जगरनाथ दासको घरमा स्थानीयलाई जम्मा पारी भोट मागिरहेको अबस्थामा परराष्ट्र मन्त्री खड्का को टोलिलाई स्थानीय बासी तथा एमाले निकट युबा संघ का कार्यक्रताले अबरोध गरेका थिए । स्थानीय तथा एमालेका कार्यक्रताको संख्या बड्दै गएपछी खड्काको टोलि भागेको थियो । जलजलेबाट भगेको मन्त्री खड्काको टोलि पुन भोट माग्न त्रिनपा–६ को स्कुल टोलतिर पसेपछी सो स्थानमा स्थानियले अबरोध गर्दा धकेला धकेल समेत भएको थियो ।
मौन अबधिमा भोट माग्न पुगेका मन्त्री को टोलिलाई अबरोध गर्ने मध्येका एमालेका स्थानीय नेता रमाकान्त चौधरिले भोट मागिरहेको अबस्थामा भेटाएपछी मन्त्री सहितको टोलिलाई आफुहरुले लखटेको बताएका छन् ।
यसरी सरकार को बहालवाला मन्त्रीले नै मौन अबधिको उल्लंघन गर्दै भोट मागेपछी निर्बाचन आयोगले कारबाही गर्छ कि गर्दैन भनेर स्थानीयले प्रश्न गर्न थालेका छन् ।