Sunday, March 16News That Matters

उदयपुरमा “राईड टु कोशी” सुरु

पूर्णपुष्टि, १६ फागुन ।
उदयपुरमा दुई दिने “राईड टु कोशी” कार्यक्रम सुरु भएको छ । “स्वास्थ्यको लागि साईकल एकताको लागि सवारी” भन्ने मुल नाराका साथ उदयपुरमा राईड टु कोशी सुरु भएको हो ।

उदयपुर जिल्ला साईकल संघको आयोजनामा राईड टु कोशी सुरु गरिएको हो । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार र वातावरण प्रदुषण मुक्त अभियानको लागि शुक्रबार गाईघाट स्थित पिपलचोक बाट राईड टु कोशी सुरु भएको जनाईएको छ । उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार सँगै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले राईईड टु कोशी सुरु भएको हो ।

बिहान गाईघाट बजार परिक्रमा सँगै मदन भण्डारी राजमार्गको पूर्व क्षेत्रहरु बहेडवा, बेल्टार, सुपाडे रामपुर हुँदै कोशी पुग्ने र शनिवार फर्केकर १८ नं बाहिनीमा यात्रा समापन गर्ने जिल्ला साईकल संघले जनाएको छ । कोशी टु राईडका लागि २ सय ३४ राईडर र ६६ जना भोलेन्टीयर गरी ३ सय जना सहभागी छन् । त्रियुगा नगर प्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले परेवा उडाएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।