Wednesday, April 22News That Matters

उदयपुरमा लागु औषाध सहित १ जना पक्राउ

पूर्णपुष्टि, १८ भदौ ।
उदयपुरमा एक व्यक्ति प्रतिवन्धित लागु औषाध सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं। १० बोक्से बस्ने अ. वर्ष ३३ को डेनिल बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा न.पा. ०६ लालपत्ता बाट मिति १२ ः २० बजेतिर २०७ एम्पुल प्रतिबन्धित लागू औषध सहित पक्राउ गरेको हो ।
कदमाहाबाट गाईघाट तर्फ आउँदै गरेको सार्वजनिक सवारी साधन विङगर चेकजाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई ल्याई रहेको प्रतिबन्धित लागू औषध फेनार्गन ६९ एम्पुल , डाईजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागू औषध बस्नेतको साथबाट बरामद गरिएको छ । निजलाई सम्मानीत उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।