
पूर्णपुष्टि, भदौ ६
उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ दमौटी बस्ने ५२ बर्षीय बल बहादुर बस्नेत, सोहि स्थानका ४५ बर्षीय गोपाल भन्ने बुद्धि बहादुर राई र ५९ बर्षीय पदमबहादुर भन्ने सिंह बहादुर राई रहेका छन् ।
उदयपुर जिल्ला अदालतको मिति २०७५÷०४÷२९ गतेको फैसलाले बल बहादुर बस्नेतलाई २० दिन कैद र रु.१,०१,२४८ रुपैया जरिवाना तोकेको थियो भने मिति २०७१÷०१÷०९ गतेको फैसलाले दुबै राईलाई १ महिना २५ दिन कैद र रु ९,६०५.३३ रुपैया जरिवाना तोकेका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आईतबार लुकिछिपी बसेको अबस्थामा तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्वनयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
