Tuesday, April 21News That Matters

उदयपुरमा विपदमा उद्धारको कृतिम अभ्यास सम्पन्न

पूर्णपुष्टि, बैशाख १९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित जलजलेमा सुरुक्षा निकायले मनसुन जोखिम अभ्यास सम्पन्न गरेको छ । सोमबार जलजले स्थित सिमेन्ट उद्योग नजिकैको पोखरीमा श्री पशुपती प्रसाद गण बोक्सेको आयोजना तथा शसस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगाको समन्वयमा मनसुन अभ्यास सम्पन्न भएको हो ।

मनसुन अभ्यासमा काल्पानिक गाउँको निर्माण गरी नेपाली सेना र शसस्त्र प्रहरीको टोलीले बाढीमा फसेका मानिसहरुको उद्धार, प्राथमिक उपचार लगायतको डेमो प्रदर्शन गरेका थिए । नेपाली सेना र शसस्त्र प्रहरीसँग भएको विपदमा प्रयोग हुने समाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । मनसुन अभ्यासमा विभिन्न निकायका प्रतिनिधि साथै विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । उदयपुर जिल्ला अति नै विपदको जोखिमा रहेको छ ।