Tuesday, April 21News That Matters

रिपोर्टिङमा अन्तर विविधता क्षमता अभिबृद्धिका लागि एक दिने कार्याशाला

पूर्णपुष्टि, १९ जेष्ठ ।
उदयपुरमा पत्रकारहरुलाई अन्तर विविधता रिपोर्टिङका लागि एक दिने कार्याशला तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र, फोनिज, उदयपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा एक दिने कार्यशाला तथा छलफल कार्यक्रमको आयोजना गरिएको हो । सोमवार राजावास स्थित ओरेक नेपालको भवनमा गरिएको कार्यशालामा बिभिन्न पत्रकारहरुले अन्तर विविधताको बिषयमा जिज्ञासा राखेका थिए । ओरेक नेपाल उदयपुरकी कार्यकारी निर्देशक सुनिता मैनालीले महिलाहरुको बिषयलाई बिभिन्न तरिकाले बिषय उठान गरी समचार बनाउँदा प्रभावकारी हुने जनाईन् । अन्तर विविधताको रिपोर्टिङले गहिराई सम्म पुगेर समचारको वास्ताविकता पत्ता लगाउने र पिडितलाई न्याय दिने उनको भनाई थियो ।