
पूर्णपुष्टि, १७ चैत्र ।
जिल्ला उदयपुरको बेलका नगरपालिका वडा नं ६ मुर्ति खोलामा शसस्त्र प्रहरीले ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको छ । शनिवार करिब ७ बजेको समयमा शसस्त्र प्रहरी बल ५ न. हेक्वा त्रियुगा उदयपुरको माताहत सुरक्षा बेस रामपुरले उक्त गाँजा बरामद गरेको हो । शसस्त्र प्रहरी निरिक्षक नरेश चौधरीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले मुर्तिखोला छेउको झाडीमा बाट गाँजा बरामद गरेका थिए । गाँजा झाडिमा लुकाई छिपाई अवस्था राखिएको जनाईएको छ । शसस्त्र प्रहरी बल ५ नं हेक्वा त्रियुगा उदयपुरका शसस्त्र प्रहरी उपरिक्षक शुसिल कुमार शाहीका अनुसार बरामद भएको गाँजा सुरक्षा बेस रामपुरमा राखिएको र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाईएको छ ।