Wednesday, April 22News That Matters

उदयपुरमा सशस्त्र प्रहरीद्वारा २ सय ८० किलो गाँजा बरामद

पूर्णपुष्टि, जेठ २० ।

उदयपुरमा २ सय किलो बढी गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ सिसौलीघाटबाट २ सय ८० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगाका प्रमुख एसपी सराेज सिङ बस्नेतले बताउनुभयाे ।

गण मातहत सुरक्षा बेश रामपुरको एरिया गस्ति टाेलीले आज विहान करिव ७:०० बजे बिशेष सुचनाको आधारमा सिसौलिघाटको जंगलमा फेला पारेकाे हाे ।

जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो । गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि फेला परेको छ । कोशी नदी हुँदै गाँजा तस्करी गर्न लागिएको आशंका गरिएको एसपी बस्नेतले  जानकारी दिनुभयाे ।