
पूर्णपुष्टि, ५ चैत्र ।
उदयपुरमा लागुऔषध प्रयोगका लागि सिरिन्ज खोप्दा खोप्दै तिन युवालाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी–४ का स्थानीय ३१ वर्षीय वासु थापा मगरको घरबाट आईतवार इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक बबिन राईको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी थापा मगरसहित सोही ठेगानाका ४० वर्षीय लोकेन्द्रराज भण्डारी र अन्दाजी २५ वर्षीय सागर थापा मगर रहेका छन् ।
सो घरमा खानतलासी गर्दा प्रयोग भइसकेको एम्फुल ७ थान र प्रयोग नभएको टेपले बेरेको एम्फुल सेट ९ थान त्यसैगरी प्रयोग भइसकेको सिरिन्ज ११ थान र प्रयोग नभएको सिरिन्ज ४ थानगरी १५ थान सिरिन्ज फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जनाएका छन् । पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।