उदयपुरमा २३ गतेदेखि हुन लागेको एमाले अधिवेशनका लागि बस्नेत प्यानलको नामावली सार्वजनिक

पूर्णपुष्टि, पुष २१
उदयपुरमा नेकपा एमाले अधिवेशनका लागि जिल्ला सदस्य कुशलबाबु बस्नेतको नेतृत्वमा एउटा प्यानल निर्माण भएको छ । यहीँ पुष २३ देखि २५ गते सम्म तोकिएको नेकपा एमाले जिल्ला अधिवेशनका लागि निर्माण भएका बस्नेत प्यानलको नामावली सार्वजनिक भएको हो ।
जसअनुसार बस्नेत नेतृत्वको प्यानलमा सिर्जना दनुवार, खड्ग परियार, दुर्गानन्द चौधरी, भरत थापा, राजेन्द्र राई, नारद निरौला, बिष्णु मुरी, जिवनाथ दाहाल, खगेन्द्र राष्कोटी र तामेन्द्र राईको नाम रहेको छ ।
त्यसैगरी, सो प्यानलमा किशोर ताम्राकार, डिल्लि मगर, सन्तोष बस्नेत, बिक्रम गिरी, शिव रेग्मी, राजेन्द्र कटुवाल, मणिका दुलाल, सुमन चौधरी, प्रकाश राउत, खेत बहादुर आले, चक्र तामाङ, सानु राउत, बोद बहादुर थापा, कुमारी ज्यु ठकुरी र बिरु कायस्थको नाम पनि चयन भएको छ ।
यसैगरी, उक्त प्यानलमा भुवन गिरी, मुकेश थापा, योगेन्द्र खड्का, यादव राई, डिकबहादुर राउत, भवानी थापा, सिता पौडेल, नन्दिलाल चौधरी, राजकुमारी चौधरी, ईश्वर खड्का, नारायण खड्का, केशव कार्की, महेश रेग्मी, राम ओझा, सुरेन्द्र राई र कर्ण बहादुर थापाको नामसमेत रहेको छ । तर, प्यानलमा आवद्ध सदस्यहरुको जिम्मेवारी भने बाँडफाँड हुन बाँकी रहेको छ ।

यता त्यस प्यानललाई टक्करदिन जिल्ला सचिव परमेश्वर घिमिरे र जिल्ला सदस्य कालु लामाको पनि आन्तरिक तयारी भईरहेकोे छ । घिमिरे प्यानलको सचिव पदमा शम्भु पौडेल र लामा प्यानलको सचिवमा टेकबहादुर राउतको तयारी भईरहेको छ । अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । हुन लागेको अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: