
पूर्णपुष्टि, असार ३० । उदयपुरमा ४३९ के.जी. लागुऔषध गाँजा सहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–२ बस्ने २९ बर्षीय तेज राई रहेका छन् ।
आईतबार दिउँसो ३ बजेर ५० मिनेटको समयमा कटारी नगरपालिका–२ खोक्सास्थित शिद्धिचरण लोकमार्गमा कटारीबाट सिराहाको मिचैँया तर्फ जादैँ गरेको को १ ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरोलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा प्याक गरेको अबस्थामा गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कटारीबाट सशस्त्र प्रहरी निरिक्षक मेघराज राउतको चेकप्वाईन्ट टोलीले गाँजा बरामद गरेसँगै गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चालकलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कटारीमा ल्याई अनुसन्धान गरिरहेको र आवश्यक कारबाहीको लागी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
