Sunday, April 19News That Matters

उदयपुरमा ५२ प्रतिशत मत खस्यो

२१ फागुन, २०८२ । उदयपुर
उदयपुरमा ५२ प्रतिशत मत खसेको छ । कुल २ लाख ३८ हजार ९३८ मत मध्ये १ लाख २४ हजार ६९३ मत अर्थात ५२ प्रतिशत मत खसेको हो । दुई निर्वाचन क्षेत्र रहेको उदयपुर–१ मा १ लाख ४२ हजार ८०४ मतदातामध्ये ८० हजार ०५९ जनाले मतदान गरेको र निर्वाचन क्षेत्र २ मा ९६ हजार १२२ मतदातामध्ये ४४ हजार ६३४ जनाले मतदान गरेको जनाइएको छ । निर्वाचन क्षेत्रको हिसावले उदयपुर–१ म ५६ प्रतिशत र उदयपुर–२ मा ४६ प्रतिशत मत खसेको हो ।
त्रिमावि गाईघाटमा त्रियुगा, चौदण्डी र बेलका नगरपालिका गरी तीन स्थानीय तहको ५२ मतदान स्थानका १६० मतकेन्द्रमा मतदान भएको थियो । एक कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली चार गाउँपालिका गरी पाँच स्थानीयतहको ५१ मतदान स्थानका ११५ मतदान केन्द्रमा मतदान भएको थियो । उच्च सुरक्षाका साथ विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान भएको हो । मतदानका क्रममा जिल्लामा कतै पनि अप्रिय घटना नभएको उनले बताए ।
उदयपुरमा शान्तिपूर्वक मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले बताए । मतदान सकिए लगत्तै मतपेटिका संकलन गरिने र मतपेटिका मतपेटिका संकलन सकिएपछि सर्बदलिय, सर्बपक्षीय बैंठक बसी गणना थालनी गरिने भएको छ ।