
पूर्णपुष्टि, फागुन १५ । उदयपुर प्रहरीमा कार्यरत मिलन बिष्ट पौष महिनाको उयत्कृष्ट प्रहरी बनेको छ । माहानगरीय प्रहरी बृत्त दरबार मार्ग काठमाण्डौँमा दरबन्दी भई उदयपुर प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार मिलन बिष्टलाई महत्वपूर्ण काम गरेको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
बिष्टले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशको पालना गरी व्यवसायिक, लगनशिल र कर्तव्यपथमा तल्लीन रही उच्च मोनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको मुल्यकंनमा भनिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) रमेश थापाले अपराध नियन्त्रण रोकथाम र अनुसन्धाद्धारा समाजमा शान्ति सुरक्षा अमनचयन राख्ने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै बिष्टलाई उत्कष्ट प्रहरी घोषित (police of the month) सँगै पुरस्कृत गरेको जनाए ।
सहायक हवल्दार बिष्टले २०८० पौष महिना अवधिभर फैसला कार्यान्वयको सिलसिलामा जिल्ला अदालतबाट विभिन्न मुद्धामा ६ बर्ष १ महिना १२ दिन कैद र २५ लाख ३ हजार ८ सय १६ रुपैँया जरिवाना भएका २१ जना फरार पतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएका थिए । यो सँगै लागु औषाध, दुर्घटना, अपराध क्रियाकलाप लगायतका क्षेत्रमा पनि बिष्टले प्रंसशनिय कार्य गरेको भन्दै कदर स्वरुप २०८० साल पौष महिनाको उत्कृष्ट प्रहरी (police of the month) घोषित गरिएको एसपी थापाले जनाएको छ । उनलाई प्रहरी नियामावली २०७१ (शंसोधन सहित) परिच्छेद १५ को नियम १९७ को उपनियम (ख) बमोजिम कदर पत्र सहित पुरस्कृत समेत गरिएको छ ।
