
पूर्णपुष्टि, २६ बैशाख ।
माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) को त्रियुगा नगर अध्यक्षमा विशाल राई चयन भएको छ । शुक्रबार गाईघाट स्थित सम्पन्न तेस्रो नगर सम्मेलनले विशाल राईको नेतृत्वमा ३३ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष मधु थापा, पुजना राई, सोम कुमार मगर रहेका छन् भने सचिव मणि कुमार राई, सहसचिवमा हिमा राई स तेजनारायण थापा मगर, पुष्प लाल न्यौपाने रहँदा कोषाध्यक्षमा शंकर शाह रहेको छ । यता वाईसिएल नेपाल कटारीको पनि सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले सन्तोष कार्कीको अध्यक्षतामा ३६ सदस्सीय कार्यसमिति चयन गरेको हो । यस्तैगरी चौदण्डीगढीमा पनि साङ्गेनहाङ राई नेतृत्वमा २८ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उदयपुरमा वाईसिएल नगर सम्मेलन धमाधम हुँदैछ ।

