Wednesday, June 10News That Matters

उदयपुर सिमेन्ट उद्योग : कागजमा नाफा, व्यापारमा घाटा

पूर्णपुष्टि, १ जेष्ठ ।
देशकै प्रतिष्ठित सिमेन्ट उद्योगको रुपमा मानिएको उदयपुर सिमेन्ट उद्योग केहिदिन देखि बन्द अवस्थामा रहेको छ । उद्योगले भर्खरै ३५ औँ साधारण सभा समेत सम्पन्न गरिसकेको अवस्था छ । साधारण सभाको प्रतिवेदनमा झण्डै ५ अर्ब समेत नाफा देखाईएको छ । देशको आर्थिक क्षेत्रमा सहयोग पुराउने उदेश्यले निर्माण भएको यस सरकारी उद्योग अहिले नाफामा हैन बिवादमा छ । वैशाख २९ मा गरेको साधारणसभा देखी उद्योग विवादमा चुलिए सँगै अहिले थप संकटमा परेको छ ।

आईतबार मात्रै विद्युत प्राधिकरणले काटेपछि उद्योग थप धरापमा पर्दै गएको मजदुर तथा कर्मचारीहरुले जनाए । उदयपुर वितरण केन्द्र गाईघाट शाखाले उद्योगलाई एक हप्ता अगावै महसुल तिर्न भनी पत्र पठाएको जनाए । प्राधिकरणका प्रमुख बिजय कुमार खत्रीका अनुसार प्राधिकरणबाट पटक पटक मौखिक रुपमा पनि जानकारी गराएको र पत्र समेत पठाएको जनाए । तर उद्योगले तिर्नु पर्ने बिभिन्न समयको ३६ करोड बरावरको विद्युत महसुल नतिरेपछि लाईन काट्न बाध्य भएको प्रमुख खत्रीको भनाई छ ।

विद्युत काटिए सँगै उद्योगमा रहेको मजदुर तथा कर्मचारीहरुको बिजोग भएको समग्र ट्रेड युनियनका अध्यक्ष राकेश कुमार कोईरालाले जनाए । उनले अहिले उद्योगमा खानपान र वस्न समेत राम्रो व्यवस्था नरहेको जनाए । लाईन काटिए सँगै यहाँ पानीको ठुलो समस्या रहेको जनाए । कर्मचारीहरुको रोजीरोटीमा त उद्योगले खेलवाँड गर्यो नै अहिले लाईन समेत नहुँदा खानेपानी समेत उपलब्ध हुन नसेको कोईरालाको भनाई छ । यस्तै अखिल नेपाल मजदुर संघका अध्यक्ष बिशेस्वर गडेरी पालले लाईन काटिएकै कारण उद्योगमा रहेको राज्यको करडौँ सम्पति थप जोखिममा पर्ने जनाए । उद्योगलाई संरक्षण गर्ने पिएलसी प्रोग्रामका लागि लाईन अनिवार्य रहेको अध्यक्ष पालको भनाई छ ।

यस प्रोग्रामले मेशिन सँधै तताई रहनु पर्ने हुँदा लाईन अत्यावश्यक रहेको जनाए । लाईनको अभावमा पिएलसी प्रोग्राम चलाउन अहिले घण्टाको ६० लिटर तेल खर्च भैरहेको समेत उनले जनाए । यसरी उद्योग धान्न नसक्ने हँुदा जिम्मेवारी निकायहरु चुपलागेर वस्न नहुने जनाए । नेपाल कारखाना संघका अध्यक्ष रामचन्द्र यादवले उद्योग ध्वस्त पार्न माहाप्रवन्धक आफै अग्रसर भएको जनाए । उद्योगलाई बिल्लिबाँठ बनाए र माहाप्रवन्धक भने पन्द्र दिनको विदा लिएर काठमाण्डौँ जानु संकास्पद रहेको जनाए । “ यादवले भने हिजो ११ बजे उद्योगको लाईन काटिएको थियो, । लाईन काटिने बित्तिकै माहाप्रवन्धकले विदा लिनु संकाको कुरा छ, उहाँ आफैले लाईन काट्न भुमिका खुल्नु भयो की ? उनले आफुखुसी बार्षिक साधारण सभा गर्नु र काठमाण्डौँ गएर बस्नुको कारण के भनेर प्रश्न समेत गरेका छन् । लामो समय अघिदेखी काम गरिरहेका मजदुर तथा कर्मचारीहरुले नै उद्योगमा मनपरी भ्रष्टचार हुने गरेको बताउँछन् । त्यहाँ बिषेशगरी कोईला निर्यातमा चलखेल हुनुका साथै पछिल्लो उद्योग बन्दको कारणनै कोईलाको समस्या मुख्य रहेको मेकानिकल कर्मचारी संकर थापाले जनाए ।

कागजमा नाफा, व्यापारमा घाटा

३५ औँ बार्षिक साधारण सभाको प्रतिवेदनले उद्योगलाई ४ करोड ९२ लाख नाफा देखाए पनि ब्यापार घाटाको अवस्थामा रहेको जानकारहरु बताउँछन् । अवकाशप्राप्त कर्मचारीको सुविधा, विद्युत् महसुल, सरकारी अन्तःशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानीलगायत शीर्षकमा एक अर्ब ९ करोडभन्दा बढी भार परेको देखिन्छ । उद्योगले ०७७र७८ को तुलनामा ०७८र७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । ०७७र७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकामा ०७८र७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा भएको जनाइएको छ । तर सञ्चालन खर्च भने घाटामै छ । नाफा देखाएका उद्योगले ३६ करोड विद्युत प्राधिकरणलाई महसुल बुझाउन नसक्दा उद्योगमा लाईन काटिएको अवस्था छ ।

उद्योग बचाऔँ खबरदारी समिति गठन

धरासाय उद्योगलाई सहज बनाई पून : संञ्चालनका निम्ति, नागरिक समाज, स्थानीयवासी, राजनितिक दल, कर्मचारी र मजदुरहरुको उपस्थितिमा उद्योग बचाऔँ, खबरदारी समिति गठन गरिएको छ । सोमवार उद्योग परिसरमा भेला भई समिति गठन गरिएको हो । समितिले उद्योगलाई चुस्त दुरुस्त बन्न र पून : संञ्चालन गरी दैनिक सिमेन्ट उत्पादन गर्न दवाव दिने जनाएको छ । उद्योग बन्दले उदयपुरकै पहिचानमा दाग लागेको र देशकै गौरवको रुपमा मानिएको राज्यको सम्पत्ति जिम्मेवारी पक्षले तत्काल सुधार गर्दै संञ्चालन गर्नु पर्ने उनिहरुको माग छ ।

उनिहरुले भ्रष्टचार र बेथितिकै कारण उद्योग वन्द अवस्थामा पुगेको जनाए । यस उद्योगलाई कमाई खाने भाँडोको रुपमा सबैले प्रयोग गरेको हुँदा नागरिक समाज र जनताहरु जाग्नु पर्ने अवस्था आएको जनाईएको छ । राधारमण खतिवडाको संयोजकमा १६ जनाको खबरदारी समिति गठन गरिएको ६ नं वडा सदस्य समेत रहेका प्रवेश खतिवडाले जनाए । खड्का आफैपनि समितिको सचिवमा छन् । यस्तै सह संयोजकमा राम कुमार घिमिरे, सहसचिवमा रमाकान्त चौधरी रहेका छन् भने सदस्यहरुमा पवन ढकाल, तिलक लामा, अरविन बोगटी, सिताराम चौधरी, दुर्गा श्रेष्ठ, हरि श्रेष्ठ, मिलन घिमिरे, बिक्रम ढंगाना, दावा शेर्पा, बिमु भुजे, मान वहादुर खड्का र दाताराम चौधरी रहेका छन् ।