Monday, May 11News That Matters

उदयपुर–१ मा रास्वपा, उदयपुर–२ मा श्रमसंस्कृति अग्रता, पुराना तीन दल पछिपछि पछ्याउदै https://purnapusti.com/उदयपुर-१-मा-रास्वपा-उदयप/

२२ फागुन, २०८२ । उदयपुर
उदयपुरको दुबै निर्वाचन क्षेत्रबाट मतगणनाको परिणाम आउन थालेको छ । उदयपुर –१ म रास्वपाले अग्रता कायम राखेको छ भने उदयपुर–२ को प्रारम्भिम मत परिणाममा श्रम संस्कृती पार्टी अग्रतामा देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी भने पछिपछि पछ्याउदै गरेको अवस्था छ ।
उदयपुर–१ म ७ हजार ७०३ मत गणना हुँदा २ जार ४२९ मतका साथ रास्वपा अग्रस्थानमा छ । रास्वपाले यहाँ सुरुदेखि नै अग्रता कायम राखेको छ ।
दोस्रो स्थानमा श्रम संस्कृति पार्टी रहेको छ । १ हजार ३२२ मतका साथ दोस्रोस्थानमा रहेको श्रम संस्कृतीले मतगणना बढ्दै जाँदा एमाले, कांग्रेस र नेपाली कम्यूनिष्ट पार्टीलाई पछाडि पारेको हो । यहाँ तेस्रो स्थानमा १ हजार १२९ मतका साथ एमाले, चौथो स्थानमा १  हजार ५७ मतका साथ नेपाली कम्युनिष्ट पार्टी र पाँचौ स्थानमा ८१९ मतका साथ नेपाली कांग्रेस रहेको छ । त्रियुगा र बेलका नगरपालिकासहित तीन नगरपालिका रहेको यस क्षेत्रमा चौदण्डीगढी नगरपालिकाको मतगणना भईरहेको हो । उदयपुर–१ मा ८० हजार ५९ मत गणना गर्नुपर्नेछ । यस क्षेत्रको मतगणना जिल्ला सदरमुकाम त्रियुगा नगरपालिका–११ गाईघाटबजार स्थित त्रियुगा माध्यामिक विद्यालयमा यहाँ गएराती ३ ः ०० बजेदेखि मतगणना जारी छ ।
उदयपुर– २ मा सार्बजनिक भएको प्रारम्भिक मत परिणाम अनुसार ५२९ मतसहित श्रम संस्कृती पार्टी अग्रस्थानमा छ । दोस्रोस्थानमा ३८० मतका साथ नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा रहेको छ । उदयपुर–१ मा अग्रता रहेको रास्वपा यहाँ भने २७९ मतका साथ चौथौ स्थानमा रहेको छ ।
यस क्षेत्रको मत गणना कटारी नगरपालिका ४ को कटारी बजारस्थित उदयपुरश्री बहुउद्देश्यीय क्याम्पसमा आज दिउसो १ : ०० बजेदेखि भईरहेको छ ।