
२४ फागुन, २०८२ । उदयपुर
उदयपुर – २ मा रास्वपाको उम्मेदवार सूर्य तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
१४ हजार ८०२ मतसहित अनि विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी भन्दा ७ हजार १५४मत अन्तरमा विजयी भएका हुन । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्बर रायमाझीको ७ हजार ६४८ मत रहेको छ । रायमाझी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका रामकुमार राईको ७ हजार २९० मत प्राप्त भयो । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश कुमार राईको ५ हजार ११७ मत प्राप्त भयो । पूर्व प्रतिनिधिसभा सदस्य हुन् । श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईको ३ हजार १३९ मत प्राप्त भयो ।
क्षेत्रमा कुल ९६,१३१ मतदातामध्ये ४४ हजार ६३४ मत खसेको हो ।
तामाङले उदयपुरमा प्रतिनिधि सभा सदस्य विजयी हुनेमा पहिलो खाता खोल्न सफल भएका छन् ।
