Friday, February 14News That Matters

उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

पूर्णपुष्टि, २३ कार्तिक ।
गाईघाटमा उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको विदाई गरिएको छ । शुक्रबार त्रिगायुगा नदी लगायतका विभिन्न नदिहरुमा भक्तजनहरुले उदाउँदो सुर्यलाई फलफुल, दुध, र जल चढाएर अर्घ दिईएको थियो ।

 त्रियुगा नदीमा सबैभन्दा बढी भक्तजनहरूको उपस्थित रहेको थियो । ब्रतालु र भक्तालु बाहेक पनि छैठ अनुगमन गर्न त्रियुगा नदीमा हजारौं मानिसहरूको उपस्थित रहेको थियो । त्रियुगा छैठ पूजा त्रियुगा समितिका अध्यक्ष चन्दन शाहले सफलतापूर्वक छैठ पर्व सम्पन्न भएको जनाए । त्रियुगा बाहेक फारसेट खोला र बरुवा खोलाम समेत छैठको लागि भक्तालुहरूलाई ब्यबस्थापन गरिएको थियो । बिहिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छैठ सुरुवात गरिएको थियो ।