
पूर्णपुष्टि, बैशाख २४ ।
गाईघाटमा भोली आईतवार होण्डा सोरुमको ग्राण्ड ओपनिङ सँगै होण्डा एक्सचेन्ज उत्सव हुँदैछ । राशी अटोमोवाइल्स गाईघाटले होन्डा शोरुमको ग्रान्ड ओपनिङसहित राशी होण्डा एक्सचेन्ज उत्सव गर्ने भएको हो । उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले गर्ने भएको छ ।
गाईघाटको शुभलक्ष्मी सिनेमा हल संगै हिमालीटोलमा आधुनिक र ब्यवस्थित रुपमा स्थापना गरिएको सोरुम आईतवार १० बजे भव्य उद्घाटन गर्न लागिएको हो ।
नयाँ तथा सुविधा सम्पन्न शोरुमको शुभारम्भसंगै पुराना मोटरसाईकल उचित मुल्यका साथ साट्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । विशेष र भब्यरुपले उद्घाटनको तयारी गरिएको गुप्ताले बताए ।