Sunday, May 3News That Matters

एकै पटक गाईघाट बजारको चार स्थानमा ट्राफिक चेकिङ

पूर्णपुष्टि, १० फागुन ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरले दुर्घटना न्युनिकरण गर्न बजार एरियामा ब्यापक चेकिङ बढाएको छ । बिहिबार गाईघाटको मुख्य स्थानहरु पिजिचोक, त्रियुगा बसपार्क, पिपल चोक र आँखा अस्पताल लगायतका स्थानहरुमा ट्राफिक चेकिङ गरिएको हो । ट्राफिक इन्चार्ज प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेलले सामान्यदेखी ठुला गल्तीहरु गर्ने चालकहरुलाई कार्वाही गरिएको जनाए । मापासे, तिव्र गति, हेल्मेट नलगाउने, कागजपत्र नभएको, ओभर लोड, सवारीको मोटिफाई, ठुलो आवाज र अन्य वापर्वाही गर्ने चालकहरुलाई कार्वाही गरिएको जनाए ।

गाईघाट बजारमा पछिल्लो समय दैनिकी जसो दुर्घटना बढेको छ । हाईवे सागै चालकको लापर्वाहीनै दुर्घटनाको मुख्य कारण बनेको भन्दै त्यस्तो अवस्थालाई कम गरी दुर्घटना नियन्त्रण गर्न चेकिङलाई बढाईएको जनाए । बजार एरियामा पहिलो पटक एकैचोटी बिभिन्न चार स्थानमा सवारी चेकिङको काम गरिएको पोखरेलले जनाए । पोखरेलले सबै चालकहरुलाई बजार एरियामा विस्तारै सवारी चलाउन सुझाएको छ । उनले चकिङ सँगै चालकहरुलाई गलत तरिकाले सवारी नचलाउन सचेतना पनि गराएको हो ।