Friday, February 14News That Matters

एमालेका पूर्व सांसद कार्की ६ महिनाका लागि पार्टीबाट निलम्वीत

पूर्णपुष्टि, २ माघ ।
एमालेले उदयपुरका पूर्व प्रदेश सांसद तथा नेता बिमल कार्कीलाई पनि कार्वाही गरेको छ । सामाजिक संञ्जालमा पार्टी विरुद्ध जथाभावी लेखेको आरोप लगाउँदै कार्कीलाई ६ महिनाका लागि जिम्मेवारीबाट अलग गराएको हो । उनलाई एमाले कोशी प्रदेशले ६ महिनाको लागि निलम्वन गरेको जनाएको छ । पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएका थिए ।

कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो ।

एमाले प्रदेश संसदीय दलको सचेतक पनि भएका उनी उदयपुर एमालेका पूर्व उपाध्यक्ष समेत हुन् । तर अहिले उनी कमिटीविहीन अवस्थामा थिए ।