एमालेमा विद्रोह आवश्यकता थियो र फेरि हुन्छ : नेता चौधरी

पूर्णपुष्टि, कार्तिक ७
नेकपा एमालेमा विद्रो आवश्यकता थियो र विद्रोहको विउ रोपिएकोले अझै निरन्तर चलिरहने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट व्यूरो सदस्य, प्रदेश नं. १ का उपाध्यक्ष तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले बताए । नेकपा एस त्रियुगा नगर कमिटीको सपथ ग्रहण तथा तथा चियापान कार्यक्रममा यस्तो बताएका हुन् ।

अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएको पार्टीलाई थिलथिलो र बदनाम गरेकाले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि हामीले बिद्रोह गरेका हौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलन बिर्सजन तिर लागेपछि लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि न्यायपूर्ण बिद्रोह गरेका छौं । बिद्रोहलाई हामीले बाध्यता भन्दा पनि ऐतिहासिक आवश्यकता थियो ।
एकीकृत समाजबादी गठनको औचित्य पुष्टि गर्दै चौधरीले एमाले अध्यक्ष ओलीले नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन र सहिदको अबमूल्यन गरेको बताए । ओली अध्यक्ष भएपछि एमालेलाई दक्षिणपन्थी बिसर्जनबाद र चरम पुँजीबादमा भसाउँदै लगेपछि धरासायी हुँदै गएको नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउन तथा संविधानको रक्षा गर्न नेकपा (एकीकृत समाजबादी) गठन गर्नु पर्ने बताए । ‘एमालेको अध्यक्ष भएपछि ओलीले एकपछि अर्को गरी पार्टीलाई नेपाली कम्युनिष्टको मूल प्रवाहबाट दक्षिणपन्थी भासमा भसाउँदै लगे’ बस्नेतले भने ‘सुधार्न खोग्दा नसुध्रिएपछि कम्युनिष्ट आन्दोलन नै खतरामा परेकाले हामीले नेकपा एस बनाउन बाध्य भयौं ।

नेकपा (एस) ले मुलुकको कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै, समाजबादी आन्दोलन तर्फ अघि बढाउने चौधरीको प्रतिबद्धता ब्यक्त गरे । ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि जनताले प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था जस्ता ऐतिहासिक उपलब्धीहरु सिध्याउने काममा निरन्तर लागि परेको आरोप लगाए । पार्टीलाई एकपछि अर्को भ्रष्ट, अनैतिक र अराजक समूहमा रुपान्तरण गर्दै गएपछि त्यसको रक्षा गर्ने जिम्मा लिन एस गठन भएको हो । जनताले दिएको झण्डै दुईतिहाई बहुमतको विश्वास माथि ओलीले गम्भीर कुठाराघात गर्दै प्रतिगमनतर्फ अघि बढेको भन्दै उनले त्यसको रक्षा गर्न पनि एस गठन गर्नु पर्ने ऐतिहासिक बाध्यता आएको नेता चौधरीको भनाई रहेको छ ।
आफै एमाले फुटाउने अनि अरुलाई दोष दिने ओली माथि सर्वोच्च अदालतले नेकपा बिघटन गर्दै एमाले र माओबादी केन्द्र अलगअलग बनाईदिएपछि गुट भेलाबाट पार्टी फुटाएको आरोप उनको छ । ओलीले सहिदको रगतबाट प्राप्त परिवर्तन, कम्युनिष्टको बहुमत सरकार र ऐतिहासिक उपलब्धीहरुलाई एकपछि अर्को गर्दै दक्षिणपन्थमा लगेर आत्मसमर्पण गराउँदै संविधान नै सिद्ध्याउने खेलमा लागेको पनि बस्नेतको आरोप थियो । यस्तो अवस्था आएपछि देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन नेकपा (एस)को जन्म भएको हो ।

भिम रावल, युवराज ज्ञवाली, रघुजी पन्त लगायत १० भाई एमालेमा रहेपनि उनीहरुले ओली रहुन्जेल कदापी ठाउँ नपाउने र उनीहरु पुनः विद्रोहको बाटो रोज्ने र एमालेमा विद्रोहको श्रृङ्खला अझै केही समय नरोकिने नेता चौधरीले बताए ।
उनले भने, मदन भण्डारीले ल्याएको जनताको बहुदलिय जनवादको कार्यक्रम पुरा भई सकेको छ । प्राप्त उपलब्धीलाई रक्षा गदैं नेपाली माटो सुहाउँदो समाजवाद ल्याउन नेकपा (एस) ले नेतृत्व गर्ने उदघोष गरे । हिजो एमालेले बोकेको जबज भन्दा आज युग नै परिर्बतन भएको छ । त्यसैले जबजले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै नेपाली माटो सुहाउँदो नेपाली सन्धर्बको समाजवादी आन्दोलन गछौं । उनले कृषिलाई रुपान्तरण गरौं त्यसको योजना बनाएर अघि बढ्न आग्रह गरे ।

नेता चौधरीले त्रुटीपूर्ण समाजलाई रुपान्तरण गर्ने जिम्मा युवाहरुको भएको बताए । समाजवादी पार्टीको नारा लक्ष्य समृद्धिको बाटो समाजवादीको रहेको बताए । पुँजीवादलाई बिस्थापित गरेपछि मात्र समाजवाद हुँदै साम्यावाद ल्याउने उद्देश्य रहेको नेता चौधरीले बताए ।
कृषिलाई मर्यादित बनाऔं, त्यसका निम्ति योजना बनाउनु पर्नेमा जोड दिए । युरोपमा कृषि पेशा गर्ने मानिस सम्मानित हुन्छन, हाम्रो यहाँ कृषि पेशालाई मर्यादिन सबैले पहल गरौं । कार्यक्रममा नेकपा कम्युनिष्ट पाटी एकिकृत समाजवादीका केन्द्रिय सदस्य दुर्गा परियार, नेकपा एसका अनुशासन आयोग सदस्य राजकुमार राई, नेकपा कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष राममणि पोखरेल लगायतका नेताहरुले शुभकामना दिएका थिए ।
अन्य पार्टी छोडेर नेकपा एसमा प्रवेश गर्नेमा मोहमद साविर र तारा बहादुर बोगटीलाई प्रमुख अतिथि चौधरी लगायत नेतााहरुले अविर र खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।
नेकपा कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका त्रियुगा नगर कमिटी जर्नादन रेग्मीको अध्यक्षतामा १ सय ५ सदस्य नयाँ कमिटी चयन गरिएको थियो । उपाध्यक्षद्धय धननारायण श्रेष्ठ, उस्मा राई, सचिबमा राकेश चौधरी र सहसचिबमा सुरेश गुप्ता रहेका छन् । यस्तै त्रियुगा नगर कमिटीमा हरेराम चौधरी, दुर्गानन्द चौधरी, सन्तोष पौडेल, बिजली सदा, प्रथम लाल चौधरी, सन्तोस चौधरी, दुलिराम चौधरी लगायत २५ सदस्य सचिवालय कमिटी समेत चयन गरिएको जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: