एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

पूर्णपुष्टि, पुष २३
नेकपा एमाले उयदपुरको अध्यक्षमा खड्ग परियारले पनि दावी गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका परियारले पार्टी प्रति आफ्नो पूर्ण जिम्मेवार र योगदानको महत्वपूर्ण भुमिका रहेको भन्दै नेतृत्वको दावी गरेको जनाएको छ । परियारले पार्टीको आठौँ अधिवेशनमा अध्यक्षको दावी गर्दै आफ्नो नेतृत्व जिल्लालाई आवश्यक रहेको समेत जनाए ।

उनले अध्यक्ष पदका लागि दावी गर्ने पहिलो व्यक्ति समेत आफै रहेको पूर्णपुष्टिलाई जानकारी गराए । अहिले सम्म को कतिले अध्यक्षमा दावेदीरी दिएको जानकारी छ भन्ने प्रश्नमा परियारले भने अहिले सम्म मनै पहिलो हो अरुले दावी गरेको थाहा छैन् , मैले आफ्नो दावी प्रस्तुत गरिसेको छु, परियारले भने । यता पार्टी अध्यक्षमा अन्य व्यक्तिहरुले पनि दावी गरेको कुरा बाहिरिएको भएपनि परियारले भने आफुलाई थाहा नभएको बताए । तर अध्यक्षका लागि एमाले सचिव समेत रहेका परमेश्वर घिमिरे, एमाले नेता कालु लामा र कुशल बाबु बस्नेतको समेत दावी गरेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: