
पूर्णपुष्टि, जेठ १६ ।
नेकपा एमाले उदयपुरका जिल्ला कमिटि सदस्य दुर्गा श्रेष्ठले आज पार्टीबाट राजिनामा दिएका छन् । उनले स्थानीय चुनावमा पार्टीलाई जिल्लाको स्थानीय तहहरुको मुख्य पदमा पार्टीलाई जिताउन नसकेको भन्दै राजिनामा दिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा जिम्मेबारपूर्ण नारा, सपथ र मूल अभिष्ट “मेरो वडा म जिताउँछु” विजयको साकार नजितामा पुर्याउन पूर्ण इमानदारीता,कटिबद्धता, रणकैशलता, आर्थिक, हार्दिक, राजनैतिक निष्ठा दाउमा लगाइ इमानदारीताका साथ चुनावमा उत्रियता पनि पार्टीका उम्मेदवारलाई प्रमुख पदमा ल्याउन नसकेका राजिनामा पत्र मार्फ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उप–प्रमुखबाहेक आफ्नो वडामा समेत नगर प्रमुख र वडाध्यक्ष विजयी गराउन नसकेकोले कमिटि सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेको हो ।

