
उदयपुर, चैत १५ ।
नेकपा एमाले उदयपुरकाे नयाँ कमिटि निर्माणका लागि गएराती सम्पन्न चुनावमा ५८१ मत खसेकाे छ । कुल मतदाता प्रतिनिधि ६२४ थिए ।
मतगणना आज विहानैदेखि हुने भनिएकाेमा ९:०० बजेसम्म सुरु भएकाे छैन । अब छिट्टै सुरु हुने जनाईएकाे छ ।
अध्यक्षमा परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिष्पर्धा छ । अन्य तीन जना उम्मेदवारले फिर्ता लिएका हुन् ।
उपाध्यक्षमा भरतबहादुर थापा, दिलबहादुर तामाङ र कालुमान लामाकाे प्रतिष्पर्धा छ । सचिवमा सम्भु पौडेल, टेकबहादुर राउत र महेश रोका प्रतिष्पर्धामा छन् । त्यसैगरी खुल्ला उपसचिवमा हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, दुर्गानन्द चौधरी र धर्मबहादुर तामाङकाे प्छरतिष्पर्धा छ भने महिला उपसचिवमा महेश्वरी राई, गीता खड्का र गंगा राई प्रतिष्पर्धामा छन्
।
