Wednesday, April 22News That Matters

एमाले त्रियुगा नगर १२ नं वडाको अध्यक्षमा रमेश राउत

पूर्णपुष्टि, २ असार ।
एमाले त्रियुगा नगरपालिका १२ नं वडाको अध्यक्षमा रमेश राउत चयन भएको छ । शनिवार १२ नं वडा पार्टी कमिटीको आयोजना भएको दोस्रो अधिवेशनले राउतको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो । उपाध्यक्ष निर्मला मगर, सचिव हिरण चौधरी, उपसचिव अनिता भगत, विमला बस्नेत रहेको छ । जिल्ला अध्यक्ष भागवत राउन सहित अन्य पार्टीका पदाधिकारीहरुको उपस्थितिमा अधिवेशन तथा समिति चयन भएको थियो ।