
पूर्णपुष्टि, बैशाख ५ । एसिसि प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई जितको लागी १३६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो ।
कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गर्दै नेपाललाई १३६ रनको लक्ष्य दिएको हो । फैजले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए भने विरन्दीपले ९४ बलमा २ चौका प्रहार गर्दै ४६ रन जोडे ।
ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए भने त्यसबाहेक खिजार हायातले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए । अतिरिक्तबाट मलेसियाले १२ रन जोडेको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने ललित राजवंशीले २ विकेट र गुलशन झाले १ विकेट लिएका थिए ।
