Thursday, June 18News That Matters

कटारीमा शलेस युवा समुहद्धारा सञ्चालित नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न

पूर्णपुष्टि, बैशाख १७ । जिल्लाको कटारी नगरपालिकामा आज नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कटारी ५ को शलेस युवा समुहले भिन्न क्षमता भएका र जेष्ठ नागरिक सम्मान सहित स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

जसमा कटारी आँखा अस्पत्ताल , जनता साझा पोलिक्लिनिक ,फिजियोथेरापी एण्ड रिह्यावीटेसन सेन्टर , लुपिला हेल्थ , स्प्रीङ्ग ईन्टिच्युट , र आरुष सप्लायर्षको सहयोगमा शिविर आयोजना गरिएको अध्यक्ष देवन थापाले जानकारी दिए । उनका अनुसार १ सय १८ जनाले स्वास्थ्य शिविरमा सेवा लिएका छन् ।

विभिन्न व्यक्तिहरुको समेत सहयोगमा सम्पन्न शिविरमा निशुल्क आँखा , सुगर , रक्तचाप , तथा फिजियोथेरापी सेवा दिईएको थियो । निशुल्क स्वास्थ्य जाँच गर्न पाएपछी सेवा लिएकाहरुले खुसी व्यक्त गरेका छन् ।