
पूर्णपुष्टि, जेठ ९ ।
उदयपुरको कटारी नगरपालिकाको वडा नं. ४ मा झिनो मतले वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । मात्र ३ मतले भुपेन्द्रसिंह तामाङ वडाध्यक्षमा विजयी बनेका हुन् । ४० वर्षिय तामाङको चुनाव चिन्ह मुढा रहेको थियो ।
तामाङले ६६८ मत प्राप्त भएको छ । ६६५ मत प्राप्त गरेको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका चिनबिर दनुवार ३ मतले पराजित बन्न पुगे ।
सो पालिकाको वडा नं. ८ मा पनि मुढा छापका स्वतन्त्र उम्मेदवार नविन्द्रकुमार तामाङले जीत हात पारेका छन् । उनी पनि झिनो मतले विजयी बनेका हुन् । उनले ५५३ मत पाउदा निकटतम् प्रतिद्वन्द्वि नेकपा (माओवादी केन्द्र) का कमलबहादुर श्रेष्ठले ५४१ मत पाएका छन् । १२ मतअन्तरले स्वतन्त्र उम्मेदवार तामाङ विजयी बनेका हुन् ।
