
पूर्णपुष्टि, बैशाख १४ । एसीसी मेन्स प्रिमियल लिगमा नेपालले कतारमाथि ६८ रनको सानदार जित निकालेको छ । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन जोड्दै आलआउट भएको हो । कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले कतारलाई १५७ रनको लक्ष्य दिएको थियो । कतारको अन्तिम विकेट सन्दिपद्धारा गुल्सन झाबाट क्याच गराएका हुन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालका लागी सन्दिपले उत्कृट ब्याटिङ सहित बलिङ गरे । बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे । नेपालका लागी सोमपाल कामीले ३ विकेछ लिए। त्यस्तै ललितनायायण राजवंशिले २ विकेट हात पारेका छन् ।
त्यसअघि अमिर फारुक १४ रनमा ललितनारायण राजवंशीको बलमा आउट भए। कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए । इक्रमुल्लाह खान ५ रनमा सोमपालको बलमा भीम सार्कीबाट क्याच भए । सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए।
यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए । कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका थिए । यस जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समुह ‘ए’ को विजेता बनेको छ । अब नेपालले समुह बी को उपविजेतासँग आगामी शनिबार सेमिफाईल खेल्नेछ ।
