
पूर्णपुष्टि, १० फागुन ।
गाईघाट खानेपानी उपभोक्ता समितिको भनवमा धमाधम पानी खनाउन थालिएको छ । भवन निर्माणको क्रममा चरम लापर्वाही गरी कम्जोर भवन बनाईएपछि आलोचित बनेको भवनको कम्जोरी लुकाउन यतिबेला पानी लगाउन सुरु गरिएको हो । पूर्णपुष्टि खवरले भवन कम्जोर बनाईएको प्रति समचार लेखेपछि भवन निर्माण कम्जोरीको वास्ताविक बाहिर आएका थिए । त्यस पश्चात सम्बन्धित ब्यक्तिहरुले भवनको चासो राखेका थिए ।

११ नं वडा अध्यक्ष सुमन्त कोईरालाले भवन कम्जोरी निर्माण गरेको प्रति ध्यानाकर्षण रहेको जनाएका थिए । उनले पटक पटक भवन निर्माण क्षेत्रमा गएर अनुगमन समेत गरेका थिए । उनले भवन निर्माणमा कम्जोरी भएको बताएका थिए । भवन आफ्नो वडामा निर्माण हुदा समेत आफैलाई थाहा नदिई सहमति विनै निर्माण गरिएको जनाए । उनले अब यसको सुधारका लागि आफुले नगरपालिका सँग पनि समन्वय गरेर के गर्न सकिन्छ त्यस बिषयमा लागि पर्ने जनाए । कम्जोरी देखिएको पिलरहरु अहिले धमाधम टालिएको छ । भवनलाई पानी मात्रै लगाएर त्यसको कम्जोरी सुधारिने अवस्था छैन् । उक्त भवनको पून ः निर्माणनै गरी निर्माण कार्यलाई सुधार गर्नु पर्ने देखिएको छ ।

