
पूर्णपुष्टि, २४ भदौ ।
अभिनेत्री करिश्मा मानन्त्ररले पनि एमाले त्यागेको घोषाणा गेकिछिन् । उनले आफु अब जनताको कलकार बन्न भन्दै पार्टी त्यागेकी जनाएकी हुन् । उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
अघि लेख्छिन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’ करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन् ।
