Monday, April 20News That Matters

करेन्ट लागेर एक जनाको मृत्यु

पूर्णपुष्टि, असोज ११

सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउँसो साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।