
पूर्णपुष्टि, १९ भदौ ।
गाईघाटका सचेत युवाहरुले जिल्ला अस्ताल उदयपुरमा कार्यरत कर्मचारीहरु सहित बिभिन्न विवरणहरु माग गरेका छन् । बिभिन्न ११ बुदा माग सहित विवरण मागिएको हो । स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, जिल्ला प्रशासन कार्यालय उदयपुर, राष्ट्रिय सूचना आयोग त्रिपुरेश्वर, सूचनको हकका लागि राष्ट्रिय महासंघ लगायत सम्बन्धित निकायहरुलाई बोद्धार्थ गरी बिविरण माग गरिएको हो । सचेत युवा इश्वरमान राई सहितको युवा तथा नागरिकहरुले बुधबार अस्पताल प्रशासनमा विवरण माग गरिएको हो । हाल सम्म जिल्ला अस्पताल उदयपुरमा कार्यरत कर्मचारी, उनिहरुको सेवा सुविधा विवरण, पाँच बर्ष भन्दा बढी अबधी सेवा गर्ने अस्थाई कर्मचारीको विवरण, अस्पतालको आया व्याय विवरण लगायत बिभिन्न बुदामा विवरण माग गरिएको छ । उक्त समूहले बिगत देखीनै अस्पतला प्रशासनलाई सचेत गराउँदै आएको छ ।

