Wednesday, June 10News That Matters

काग्रेसबाट पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रपति पदका लागी काग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्ठ ठाकुर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन् । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए ।