
पूर्णपुष्टि, १८ पुष ।
कालेबुङबाट आफन्त भेट्न गाईघाट आएका एक बृद्ध ४ दिन देखी बेपत्ता भएको छ । सोमवार बेलुका घरबाट बाहिर निस्केका ६० बर्षिय निर कुमार राई ४ दिन देखी बेपत्ता भएको हो । राई भारतको कालेबुङबाट आफन्त फुर्तिमान राईकोमा भेटघाटको लागि आएका थिए । राई आईतबार मात्रै त्रियुगा नगरपालिका १३ स्थित शान्तिराम नगर टोलमा आफन्त फुर्तिमान राईको घरमा आएका थिए । निर कुमार फुर्तिमान राईको भान्जा पर्छ । मामा भेट्न आएका भान्जा निरकुमार अचानक बेपत्ता भएपछि परिवारहरुले खोजीका लागि प्रहरीमा समेत हुलिया सहितको निवेदन दिएको छ । ४ बजे घरबाट निस्केका निर कुमार साँझ सम्म फर्केर नआएपछि परिवारले लगतार खोजि रहेको छ । राईलाई खोजी गरी बुझाउन सहयोग गरिदिन परिवारले आग्रह समेत गरेको छ । राई लामो समयदेखी भारको कालेबुङ तिरै बसोसावस गर्दै आएका थिए । सोझो धेरै नवोल्ने र दोहोरो कुरा नगर्ने उनिलाई भेटघाटमा आएका मामाको नाम समेत थाहा छैन् । कुतै उनलाई फेला पारेमा मामा फुर्तिमान राईका फोन नं ९८१४७२६८२८ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी चौकीमा खवर गर्दिन परिवारले आग्रह गरेको छ ।