
पूर्णपुष्टि, चैत्र १० । काेशी प्रदेशकाे `काेशी´ नाम खारेजी र पुन: नामाकरणकाे आन्दाेलनमा प्रहरीकाे लाठीचार्जबाट गम्भीर घाईते लाजेहाङ सुक्वाबाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
बिराटनगरमा प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा टाउकाेमा गम्भीर चाेट लागेका उनकाे बिपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान २:३० बजे मृत्यु भएकाे किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिएका छन् ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर समेत रहेका लाजेहाङ्को थप उपचारको लागि काठमाडौ लाने तयारी थियो । तेह्रथुमको जिरिखिम्ती निबासी लाजेहाङ सुक्वाबाको घटनाको विषयमा सङघर्ष समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष येक्तेनले जनाएका छन् ।
प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गर्दा प्रदर्शनकारीले निशेधाज्ञ क्षेत्र ताेडेका थिए, सुरक्षाकर्मीले अश्रुग्याँस र केही हवाई फायर चलाउनुका साथै लाठिचार्ज गर्दा दाेहाेराे झडप भएकाे थियाे ।
