
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक १६ गते ।
मौसम विद्का अनुसार १३ र १४ गते झरी पर्ने र १५ गते शनिवारदेखी मौसम खुल्ने भनिए पनि पानी पर्ने क्रम झारी छ । यस्तो किन भयो ? जलवायुका अध्येता डा। धर्मराज उप्रेति, अहिले सक्रिय कुनै मौसमी प्रणाली नभए पनि ‘मोन्था चक्रवात’ र अरब सागरको न्यून चापीय प्रणालीको अवशेषले बाक्लो बादल लागेको र त्यही कारणले मौसम घमाइलो नभएको बताउँछन् ।
उनी भन्छन्, ‘मौसम पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन ।’
यो प्रणाली शुक्रबार रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि, बंगालको खाडी नजिकै थाइल्याण्ड्को दक्षिणी भू(भागमा निर्मित र हाल बंगलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा ९उत्तर(पश्चिम तर्फ० धकेलियो ।
‘धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकाले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो छैन ।’ तर बादलको घनत्व घट्नेक्रममा रहेकाले मौसममा उल्लेख्य सुधार आउने अनुमान छ ।
