Wednesday, May 20News That Matters

कोशी प्रदेश : नाम खारेजको माग गर्दै ओन्दोलनको घोषण

पूर्णपुष्टि, फागुन २५ ।कोशी प्रदेश नाम खारेजका लागी आन्दोलनको घोषण गरिएको छ । कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै आन्दोलनको घोषण भएको हो ।

केही दिन अघि नामकरण भएको कोशी प्रदेशको नाम खारेजको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ बनेको छ । जनता समाजवादी पार्टी, नेपालको लिम्बुवान, किराँत, शेर्पालुङ, मधेश, शिल्पी र दलित राष्ट्रिय समिति आवद्ध संयुक्त संघर्ष समितिले चरणबद्ध सघर्षका कार्यक्रम गर्ने भएको छ ।

चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस र फागुन २८ गते आमहड्ताल गरिने जनाईएको छ । त्यसैगरी संघर्ष चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने उल्लेख गरिएको छ ।