
पूर्णपुष्टि, ३ पुष ।
झिँगु नेवा पुँचको आयोजनामा गाईघाटमा संञ्चाल तेस्रो प्रदेश स्तरीय खाना परिकार महोत्सव साकेला सिल्ली प्रतियोगितामा कोवेईबुङ साकेला समूह चाँप प्रथम भएको छ । महोत्सवको तेस्रो दिन आयोजित साकेला सिल्ली प्रतियोगितामा कोवेईबुङ समूहले पहिलो स्थान जमाएको हो ।
यस्तै मोतिगडा किरात चोक दिद्धिय र किरात समूह श्रीपुर ५ तृतिय बन्न सफल भएको छ । प्रतियोगितामा प्रथम, दिद्धिय र तृतियलाई क्रमश नगद पुरस्कार ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । पुष ८ गते सम्म संञ्चालन हुने महोत्सवमा बिभिन्न जात जातिको सांस्कृति नृत्यु प्रतियोगिता गराईरहेको छ । भोली अर्थात चौँथो दिन थारुहरुको नृत्य प्रतियोगिता संञ्चालन गरिने छ ।
प्रतियोगितामा मोतिगडा ३ किरात चोक, लालि गुँरास बोर्डिङ, किरात समूह श्रीपुर ५, पारुहाङ सुम्निमा किरात साकेला समूह बालुवाटार ३, बाल मन्दिर बोक्से र कोबैईबुङ साकेला समूह ३ गरी सात ओटा टिम सहभागी थिए । किरात राई यायोख्खा त्रियुगा नगर कमिटी उदयपुरको प्राविधिक सहयोग र समन्वयमा त्रियुगा ११, १२ र १३ का अध्यक्ष समेत रहेका सर्वधन राईको संयोजकमा निर्णयक टोली रहेका थिए ।

