
पूर्णपुष्टि, ३० चेत्र ।
गएको बर्षयामको बाढीले भत्किएको उदयपुर खोटाङ जोड्ने फोक्सिन्टार पुलका लागि सरकारले बजेट सुनिश्चित गरेको छ ।सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुन नदीमा भत्केको पुलको ठाउँमा नयाँ पुल बनाउन अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।
नयाँ पुल बनाउन ३५ करोड बजेट सुनिश्चित भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख ९डिई० पशुपति ज्ञवालीले पुष्टि गरेका छन् । पुल भत्केको स्थलगत अनुगमन निरीषणपछि नयाँ निर्माण गर्नेगरी प्राविधिक इस्टीमेट गरी पठाइएको फाईल सदर गर्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको ज्ञवालीले बताए । बजेट सुनिश्चित भए पनि ठेक्का लगाउने अवस्था भने अहिले नै नभएको डिई ज्ञवालीको भनाई छ ।
पुसमा निर्मित बेलिब्रीज वर्षायाम सुरु भएसँगै यही वैशाखभित्र भत्काउने बेला भईसकेको छ । बेलिब्रीज निकालेपछि पुनः यातायात सम्पर्क टुट्ने अवस्थामा अर्थ मन्त्रालयले नयाँ पुल बनाउन बजेट सुनिश्चित गरेपछि उदयपुर र खोटाङबासी खुसी भएका छन् । ठेक्का लागेको १२ वर्षमा निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने तयारी भईरहेका बेला पुल भत्केपछि ठेकेदार कम्पनीप्रति कामको गुणस्तरबारे प्रश्न उडेको छ । गुणस्तरीय सामान प्रयोग नगरकैले बाढीले पुल भत्काएको प्राविधिक ठहर छ ।
सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ३ फोक्सिन्टारस्थित सुन नदीको १ सय २० मिटर लामो आर्क डिजाईनको पक्की पुल असोज १२ गते रातिको बाढीले बगाएको थियो । पुल बगाएसँगै उदयपुर र खोटाङको विच्छेद भएको यातायात सम्बन्ध पुस अन्तिम साता बेलिब्रीज निर्माण गरेर सुचारु गरिएको थियो ।
नेकपा ९माओबादी केन्द्र०का खोटेहाङ गाउँ पाटी अध्यक्ष इनद्रबहादुर राई फोक्सिन्टारमा दशक बढी समयमा बनेको पुल भत्केको भन्दै नयाँ पुल बनाउन अर्को दशक कुनुपर्ने संभावना भएकाले छिटो छरितो बैकल्पिक सडक निकाल्न सुझाउँछन् । त्यसका लागि सबभन्दा छिटो र सजिलो बिकल्प धाप्लाङघाटमा निर्माणाधीन पुललाई चाँडो सक्नु एकमात्र बिकल्प भएको उनको बुझाई छ । फोक्सिन्टारदेखि धाब्लाङसम्मको दूरी बढीमा १०–१२ किलोमिटर भएकाले त्यहाँसम्म नयाँ ट्र्याक खोल्न सके यही वर्षामा पनि धाब्लाङस्थित झोलुङ्गे पुल भएर पनि आउजाउ गर्न सकिने उनको सुझाव छ ।